दिगो विकासका लागि लक्ष्य -४
गुणस्तरीय शिक्षा

पुरस्कार का बारेमा

जीवन विकास समाज, मोरङ एक गैर सरकारी संस्था हो । यस संस्थालाई The Arab Gulf Program for Development (AGFUND) ले नेपालमा दिगो विकासका लक्ष्य अन्तर्गतको गुणस्तरीय शिक्षा (Quality Education) को क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत "AGFUND International Prize 2017" बाट विश्व प्रतिस्प्रधात्मक विधिबाट तीन लाख युएस डलर सहित पुरस्कृत भएको थियो । अन्तर्राष्ट्रिय स्तरको उक्त पुरस्कार राशीमा यस संस्थाले आफ्नो लघुवित्त वित्तीय कारोवारको स्रोतबाट रकम थपगरी रु ६ करोड बराबरको जीवन विकास समाज, दिगो विकास कोष २०७६ स्थापना गरेको छ । उक्त स्थायी कोष मार्फत् दिगो विकासका क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्य हासिल गर्न टेवा पुर्याउने उद्देश्यले सो क्षेत्रमा उल्लेखनीय काम गरेका गैर सरकारी सङ्घ सस्था, सामुदायिक शैक्षिक संस्था तथा पत्रकारलाई वार्षिक रु १० लाख बराबरको “दिगो विकासका निमित्त जीवन विकास पुरस्कार (JBS-Prize for Sustainable Development)” प्रदान गर्ने कार्यक्रम राखिएको छ ।
पहिलो पटककको पुरस्कार २०७९ साल जेठ २७ गते तत्कालीन राष्ट्पति महामहीम विद्यादेवी भण्डारीज्यूु मार्फत राष्ट्पति भवन सितल निवासमा भव्य समारोहका बीच वितरण गरिएको थियो । उक्त भव्य समारोहमा नेपाल सरकारका विशिष्ठ श्रेणीका कर्मचारी एवम् नेपालस्थित नियोगका प्रमुख एवम् विकास साझेदारका प्रतिनिधिहरु तथा जीवन विकास समाजका पदाधिकारी एवम् सदस्यहरुको समेत समुपस्थितिमा सम्पन्न भएको थियो । दोस्रो पटक यस वर्षको पुरस्कार वितरण समारोह पनि महामहीम राष्ट्पतिज्यूको समुपस्थितिमा वितरण गर्ने लक्ष्य रहेको छ ।

हाम्रो बारेमा

जीवन विकास समाज (JBS) सीमान्तकृत मानिसहरूको सामाजिक-आर्थिक र सांस्कृतिक परिस्थितिहरू सुधार गर्न 21 सेप्टेम्बर 1997 मा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो। यो एक गैर-दलीय, गैर-राजनीतिक, गैर-नाफामूलक र गैर-धार्मिक संस्था हो जसले पिछडिएका पिछडिएका गरिब समुदायलाई सेवा प्रदान गर्दछ। JBS ले वकालत मार्फत जागरूकता र गरिब र पिछडिएका समूहहरूको नेतृत्व क्षमतालाई सुदृढ गर्दैछ। भूमिहीन, सीमान्तकृत र पिछडिएका जनताको जीविकोपार्जनको अवस्था सुधार गर्न जेबीएसले लघुवित्त कार्यक्रम कार्यान्वयन गर्दै लक्षित गरिब जनतालाई सेवा प्रदान गर्दै आएको छ । यसले लघुवित्त सेवा, आय आर्जन, महिला सशक्तीकरण, सामुदायिक विकास, मानव संसाधन विकास, शिक्षा, सचेतना, स्वास्थ्य र सरसफाइमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । JBS ले आफ्नो स्थापना भएको २६ वर्षको अवधिमा स्वस्थ ग्रामीण सभ्यता बनाउने आफ्नो लक्ष्य पूरा गर्न ग्रामीण गरिबी विरुद्ध लडिरहेको छ।

पुरस्कारका लागि छनोट भएका संघ संस्था र पत्रकारहरु (२०७९)

पहिलो पुरस्कार वितरण समारोह

ne_NPNepali