दीगो विकासका निमित्त जीवन विकास पुरस्कार के हो ?

"दीगो विकासका निमित्त जीवन विकास पुरस्कार"

परिचय

जीवन विकास समाज, मोरङ एक गैर सरकारी संस्था हो । यस संस्थालाई The Arab Gulf Program for Development (AGFUND) ले नेपालमा दिगो विकासका लक्ष्य अन्तर्गतको गुणस्तरीय शिक्षा (Quality Education) को क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत "AGFUND International Prize 2017" बाट विश्व प्रतिस्प्रधात्मक विधिबाट तीन लाख युएस डलर सहित पुरस्कृत भएको थियो ।
अन्तर्राष्ट्रिय स्तरको उक्त पुरस्कार राशीमा यस संस्थाले आफ्नो लघुवित्त वित्तीय कारोवारको स्रोतबाट रकम थपगरी रु ६ करोड बराबरको जीवन विकास समाज, दिगो विकास कोष २०७६ स्थापना गरेको छ । उक्त स्थायी कोष मार्फत् दिगो विकासका क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्य हासिल गर्न टेवा पुर्याउने उद्देश्यले सो क्षेत्रमा उल्लेखनीय काम गरेका गैर सरकारी सङ्घ सस्था, सामुदायिक शैक्षिक संस्था तथा पत्रकारलाई वार्षिक रु १० लाख बराबरको “दिगो विकासका निमित्त जीवन विकास पुरस्कार (JBS-Prize for Sustainable Development)” प्रदान गर्ने कार्यक्रम राखिएको छ ।
पुरस्कार वितरणका लागि शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीसँग एक समझदारी समेत गरिएको छ । पुरस्कार वितरण कार्यक्रमलाई व्यवस्थित एवम् विश्वसनीय बनाउनका लागि काठमाडौं विश्वविद्यालयका पूर्व उपकूलपती प्रा.डा. सुरेश राज शर्माको संयोजकत्वमा ७ सदस्यीय एक निर्देशक समिति समेत गठन गरिएको छ । पुरस्कार वितरण कार्यविधि बमोजिम गठित निर्देशक समितिले स्वतन्त्र विज्ञ समूह सम्मिलित एक मूल्यांकन समिति समेत गठन गरेको छ । पुरस्कार वितरणका लागि राष्ट्रिय दैनिक र रेडियो मार्फत सार्वजनिक सूचाना प्रवाह गरी आवेदन माग गरिएको थियो । सार्वजनिक सूचान मार्फत प्राप्त आवेदनहरुलाई प्राविधिक र स्थलगत रुपमा मूल्यांकन गर्ने कार्य पूरा भइसकेको छ । पुुरस्कार वितरणका लागि देहाय बमोजिमका शिक्षा विद् र सरोकारवालाहरु सम्मिलित निर्देशक समिति तथा मूल्यांकन समिति निर्माण गरी कार्य सम्पादन गरिएको थियो ।

निर्देशक समिति

  • प्रा.डा. सुरेशराज शर्मा — संयोजक
  • जनार्दन नेपाल — सदस्य
  • महाश्रम शर्मा — सदस्य
  • प्रतिनिधि, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ।
  • प्रतिनिधि, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी ।
  • प्रतिनिधि, युनेस्को काठमाण्डौ कार्यालय ।
  • ओम शर्मा — प्रतिनिधि, जीवन विकास समाज ।

मूल्यांकन समिति (२०७९) :

  • प्रा.डा. लक्ष्मण ज्ञवाली, संयोजक
  • डा. ध्रवराज रेग्मी, सदस्य
  • गोपिनी पाण्डे, सदस्य
  • धर्मेन्द्र झा, सदस्य
ne_NPNepali