पुरस्कार वितरण

पुरस्कारका लागि छनोट भएका संघ संस्था र पत्रकारहरुको संक्षिप्त परिचय

१. गैर सरकारी संघ संस्था (पहिलो पुरस्कार रु ५ लाख)

छनोट भएको संस्था: ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (REED) नेपाल ।

यो संस्था सन् २००० मा नेपालको संघ संस्था ऐन अन्तर्गत दर्ता भई ललितपुरमा आफ्नो कार्यालय स्थापना गरी क्रियाशील रहेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता (१०१५।०५६।०५७) भएको यस संस्था समाज कल्याण परिषदमा समेत आवद्ध रहेको छ । शिक्षा तथा विज्ञान मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईसँग समझदारी एवम् समन्वयमा आफ्ना कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । नेपालका हिमाल, पहाड एवम् तराई सवै क्षेत्रमा आफ्नो सेवा प्रवाह गरेको यस संस्थाको ताप्लेजुंग, सोलुखुम्बु र रुपन्देही लगायतका जिल्लामा आफ्ना शाखा कार्यालय स्थापना गरी शिक्षा क्षेत्रको समग्र शैक्षिक सुधारमा का गर्दै आएको छ । यस संस्थाले म्याग्दी, रसुवा, हुम्ला, कपिलवस्तु, पर्सा, सोलुखुम्बु, ताप्लेजुंङ, पाल्पा, रुपन्देही, सिन्दुधली, काभ्रे, ओखलढुंगा, खोटाङ, बजाङ र डोल्पा जिल्लामा विगत देखि नै नियमित रुपमा विद्यालय शिक्षा केन्द्रित क्षेत्रमा काम गर्दै आएको छ ।

दिगो विकासका लागि गुणस्तरीय शिक्षा प्रवाहमा यस संस्थाले देहाय बमोजिमका मूख्य क्षेत्रमा काम गरेको छ ।
  1. Teacher training
  2. School Supplies and Infrastructure
  3. Scholarships for Disadvantaged Students
  4. Community Orientation Program

यस संसथाको कार्यसमितिको अध्यक्षमा नीरा शाक्य सहित ७ जनाको समिति रहेको छ । त्यसैगरी कार्यकारी प्रमुखका रुपमा भीम बहादुर बोगटी सहित ३२ जना पूर्णकालीन कर्मचारी कार्यरत रहेका छन् । यस संस्थाले प्रभावकारी रुपको शिक्षक तालिम लगायत अनुकरणीय कार्यले दिगो विकासका निमित्त सरकारले लिएको लक्ष्य अनुरुप सवैका लागि गुणस्तरीय शिक्षा प्रदानमा उल्लेख्य टेवा पुराएको अवस्था देखिन्छ ।

२. शैक्षिक संस्था (दोस्रो पुरस्कार रु ३ लाख)

दोस्रो पुरस्कार पाउने संस्था: कंकाली मा.वि., चन्द्रागिरी, १३, काठमाडौं ।

यो विद्यालय २०४० सालमा स्थानीय जनसमुदायको पहलमा सामान्य पाटी पौवाबाट स्थापना भई हाल पूर्व प्राथमिक कक्षा देखि १२ कक्षा सम्म सञ्चालित विद्यालय हो । काठमाडौ जिल्लामा रहेर पनि अत्यन्त पछाडि परेको तामाङ समुदायको बसोबास बाहुल्य रहेको यस विद्यालयमा हाल झण्डै ७०० जना विद्यार्थी अध्ययनरत रहेका छन् । ९ कक्षा देखि १२ कक्षासम्म प्राविधिक विषय अन्तर्गत कम्प्युटर इन्जिनियरिङ विषयमा समेत अध्ययन अध्यापनको सुविधा रहेको छ । विद्यालयले हालसम्म १५०० जना विद्यार्थीलाई तत्कालीन एसएलसी र हाल एसईई परीक्षामा सामेल गराई उत्तीर्ण गराएको छ । स्थलगत भ्रमणको आधारमा हेर्दा विद्यालयको गुणस्तरीय पठन पाठनका कारण शहरबाट उक्त विद्यालयमा भर्ना हुन जाने विद्यार्थीहरुको लहर समेत चलेको अवस्था देखिन्छ ।
विद्यार्थीका लागि आवासीय सुविधा सहितको यस विद्यालयमा प्रविधिमैत्री पठन पाठनमा बढी जोड दिईएको छ । अत्यन्त व्यविस्थत र नमूना पुस्तकालय व्यवस्थापन गरी विद्यार्थीहरुलाई पाठ्यपुस्तक अतिरिक्त थप ज्ञान हासिल गर्ने उचित वातावरण सिर्जना गरेको अवस्था छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नमूना विद्यालयका रुपमा समेत छनोट भएको यस विद्यालयले अपेक्षित रुपमा द्रुतगतिमा विकास गरेको अवस्था छ । यस विद्यालयले पुराएको सेवा र अनुकरणीय कार्यले दिगो विकासका निमित्त सरकारले लिएको लक्ष्य अनुरुप सवैका लागि गुणस्तरीय शिक्षा प्रदानमा उल्लेख्य टेवा पुराएको अवस्था देखिन्छ ।

३. पत्रकारिता (तेस्रो पुरस्कार पत्रकारिता रु २ लाख)

छनोट भएको संस्था : शिक्षक मासिक, ललितपुर ।

शिक्षक मासिक २०६४ सालमा स्थापना भएको यस संस्थाले हाल नेपालका सवै ७७ वटै जिल्लाका शैक्षिक संस्थाहरुमा आफ्नो प्रकाशन मार्फत शैक्षिक गुणस्तर कायम गर्न टेवा पुराएको अवस्था छ । ललितपुरमा रहेको यस संस्थाले गत १२ वर्षको अवधिमा शैक्षिक क्षेत्रलाई मात्र लक्षित गरी १४४ अंक प्रकाशन गरेको छ । यस संस्थाले खासगरी देहाय बमोजिमका उद्देश्य सहित आफ्नो सेवा प्रवाह गरेको छ :

  • शिक्षक र समुदायबीच शिक्षा, शिक्षण र शिक्षकका बारेमा संवादको ढोका खोल्न
  • शिक्षकको शैक्षिक, बौद्धिक, मान सिक, पेशागत र सीपगत क्षमता अभिवृद्धिमा सघाउन
  • शिक्षण पेशाको सामाजिक–प्रतिष्ठा पुनस्र्थापित गरी शिक्षकको मनोबल उकास्न तथा ‘शिक्षण आफैँमा एउटा पूर्ण पेशा हो, यसमा रमाउन सिकौं’ भन्ने सन्देश विस्तार गर्न
  • शिक्षक–विद्यार्थी र शिक्षक–अभिभावकबीच सार्थक सम्बन्धका उपायहरू पहिल्याएर समाज मा पस्कन
  • शिक्षकका अप्ठ्यारा र आकाङ्क्षा नीतिनिर्मातासम्म अनि नीतिनिर्माता र सरकारका अपेक्षा शिक्षकसम्म पुर्‍याउने सन्देशबाहकको भूमिका निर्वाह गर्न
  • शिक्षा र शिक्षणविधिको क्षेत्रमा देश–विदेशमा भइरहेका चाखलाग्दा, ज्ञानवर्द्धक र उपयोगी चिन्तन, क्रियाकलाप र प्रविधिहरू नेपालका शिक्षकहरूसम्म पुर्‍याउन

प्रोत्साहन रकम प्राप्त गर्ने :

जीवन विकास समाजले आह्वान गरेको सूचनामा देशभरबाट प्राप्त आवेदनमध्ये उत्कृष्ठ तीन÷तीन वटा संघ, संस्था र पत्रकारहरुको स्थलगत भ्रमण गर्दा र उनिहरुबाट प्रवाह भएको सेवासँग प्रत्यक्ष सेवाग्राहीको सन्तुष्टीको आधारमा ति संस्था र पत्रकारलाई पनि प्रोत्साहन दिन सकेमा गुणस्तरी शिक्षा प्रदानमा टेवा पुग्ने महशुष गरी मूल्यांकन समितिले सिफरिस गरे बमोजिम देहायका संघ, संस्था र पत्रकारलाई प्रोत्साहन उपलब्ध गराईने भएको छ ।

प्रोत्सहानः गैर सरकारी संघ संस्था तर्फ ।

१. नारी विकास संघ, बिराटनगर । सन् १९८० मा स्थापना भई जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भएको यस संस्थाले आफ्नै कार्यालय भवनबाट महिला तथा बालबालिकाका क्षेत्रमा उल्लेख्य काम गरेको देखिन्छ । मोरङ जिल्लाका सवै स्थानीय तह र देशका अन्य जिल्लाहरुमा समेत यसले सेवा पुराउँदै आएको छ ।

यस संस्थाका वारेमा थप जानकारी प्राप्त गर्न देहायको वेभसाईट हेर्न सकिने छ ।
http://naribikashsangh.org

२. बाल संरक्षण संस्था सर्लाही, लालबन्दी । यो संस्था २०५५ सालमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता भई आफ्नै कार्यालय भवनबाट बालबालिकाको संरक्षणका क्षेत्रमा उल्लेख्य काम गर्दै आएको छ । सर्लाहीको लालबन्दीमा आफ्नो मूख्य कार्यालय रहेको यस संस्थाले तराईका विभिन्न भुभागमा आफ्नो सेवा प्रवाह गरेको छ ।

यस संस्थाका वारेमा थप जानकारी लिनका लागि देहायको वेभसाईट हेर्न सकिने छ ।
https://www.cposarlahi.org.np

प्रोत्सहानःशैक्षिक संस्था तर्फ :

१. जनज्योती मा.वि. फोस्रेटार, सिन्धुली ।
वि.सं. २०२८ सालमा स्थापना भएको यस विद्यालय सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाका् वडा नं. ५ फोस्रेटारमा रहेको छ । पूूर्व प्राथमिक कक्षा देखि १२ सम्मको पढाई हुने यस विद्यालयमा हाल १३२६ जना विद्यार्थी अध्ययनरत रहेका छन् । गुणस्तरीय पठन पाठनका लागि अधिकतम प्रयास गरेको यस विद्यालयको समग्र मूल्यांकन गर्दा दिगो विकासका लागि विद्यालय शिक्षाको माध्यमबाट बालमैत्री वातावरणमा अध्ययन अध्यापन गराउन सफल भएको देखिन्छ ।

२. आदर्श मा.वि. मेचिनगर, ८ झापा ।
वि.सं. २०२५ सालमा स्थापित यो विद्यालय भापा जिल्लाको मेचीनगर नगरपालिका ८ आयावारीमा अवस्थित छ । पूर्व प्राथमिक कक्षा देखि १२ सम्म सञ्चालित यस विद्यालयमा हाल कूल १०६६ जना विद्यार्थी अध्ययनरत रहेका छन् । बालमैत्री वातावरणमा व्यावसायिक कृषि शिक्षालाई प्राथमिकता दिई पठन पाठन गरेको यस विद्यालयले दिगो विकासका लागि शिक्षाको माध्यमलाई आत्मसात गरेको देखिन्छ ।

प्रोत्सहानःपत्रकारिता तर्फ :

१. सुदर्शन सिग्देल, आजको शिक्षा साप्ताहिक ।
झण्डै दुई दशकदेखि निरन्तर रुपमा शिक्षाका क्षेत्रमा मात्र कलम चलाउने पत्रकारमध्ये पुरस्कारका लागि आवेदक सुुदर्शन सिग्देलले आजको शिक्षा साप्ताहिक पत्रिका मार्फत सम्पादकको भूमिका निर्वाह गर्दै आएको देखिन्छ । आजको शिक्षामा १९ वर्षदेखि निरन्तर प्रधान सम्पादकको भूमिका निर्वाह गरेका पत्रकार सुदर्शन सिग्देले हाल हिमालयन टीभी मार्फत शैक्षिक बहस समेत सुरु गरेकाछन् । शिक्षाको समग्र सुधारका लागि आजको शिक्षा नामक पत्रिका मार्फत प्रकाशन सामग्री मार्फत शिक्षामा दिगो विकासका लागि उच्च योगदान पुगेको देखिन्छ ।

२. रुवी रौनियार, नागरिक दैनिक ।
१५ वर्षदेखि निरन्तर रुपमा शिक्षा क्षेत्रलाई बिट पत्रकारिता मानि कलम चाउँदै आएकी रुवी रौनियार हाल रिपव्लिकाको नागरिक दैनिकमा आवद्ध पत्रका हुनुहुन्छ । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७५ बाट समेत पुरस्कृत रुवी रौनियारले समुदायमा आफ्नो पेशा मार्फत प्रवाह गरेको समाचार एवम् सन्देशमूलक सामग्रीहरुले शैक्षिक सुधारमा टेवा पुगेको देखिन्छ ।

ne_NPNepali